खरको छानामुक्त हुँदै खजुरा  | Khabarhub Khabarhub

खरको छानामुक्त हुँदै खजुरा 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित  गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ । उनले भने, ‘पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ, र दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छौँ अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’

खरको छाना विस्थापित गर्न एउटा परिवारले ५० हजारसम्म सहयोग पाउने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनका अनुसार टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो र अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्नेछ । अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौँ,’ उनले भने, ‘खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्छन्, खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउनलाई यो अभियान सुरु गरेका हौँ, ।’ 

हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले बताए। गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार खुसी भएका छन् । 

खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनुपर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवार बताएका छन् । गाउँपालिकाले अहिले पालिकाभरि रहेका खरको छाना भएकाको तथ्यांक संकलन पनि गरिरहेको छ  तथ्याङ्कका आधारमा सबै खरछानामुक्त गरिने योजना रहेको अध्यक्ष विकले बताए । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १२ : २२ बजे

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले देशबासीका नाममा सम्बोधन गर्ने भएका

सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान

काठमाडौं- मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको

विमान दुर्घटनाका १८ शवको पोस्टमार्टम गरिसक्न ७२ घण्टा लाग्ने

काठमाडौं- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १७ पुरुष र एक

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौं– नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४

विमानस्थलकै डिलमा भयावह दुर्घटना, २५ तस्बिरहरु

काठमाडौं- नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ