मेस्सीले भने– 'जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ' | Khabarhub Khabarhub

मेस्सीले भने– ‘जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ’


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

रियो दि जेनेरियो – अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो। मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु ।’

विश्वकपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन्। ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु। यसरी समाप्त गर्न यो सबै भन्दा राम्रो हो’ उनले भनेका छन्।

‘हामी कठिन परिस्थितिहरूबाट गुर्ज्यौ। आज हामी केही शानदार अनुभव गरिरहेका छौं’’ उनले भनेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १२ : ३३ बजे

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत– आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

बागमती– यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन)

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा

काठमाडौ‌– संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त 

काठमाडौं– वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।