काभ्रे बस दुर्घटनामा घाइतेको उपचार गर्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

काभ्रे बस दुर्घटनामा घाइतेको उपचार गर्न प्रधानमन्त्रीको निर्देशन


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बस दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।

बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिका हुन्।

‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु। दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छु।’

काभ्रेको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । तीमध्ये १३ जनाको सनाखत भइसकेको छ। २२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १२ : ५२ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका