अनुदान-सापटी सुविधासम्बन्धी कार्यविधि पारित « Khabarhub

अनुदान-सापटी सुविधासम्बन्धी कार्यविधि पारित


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्न अनुदान- सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ । नगरवासीमा प्रारम्भिक उद्यमशीलता विकास गराउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदानबापत ५० हजारदेखि दुई लाखसम्म प्राप्त गर्नेछन् । 

नगरपालिकाले प्रारम्भिक उद्यमी बन्न सापटीको रुपमा दिनेछ भने उद्यमशील बनेपछि अनुदानको रुपमा रूपान्तरण गरिने नगरपालिकाले जनाएको छ । उनका अनुसार व्यवसायमा रुचि भएका अत्यन्त विपन्न नागरिकलाई उक्त अवसर दिएर प्रारम्भिक उद्यमशीलता विकास गर्न तथा व्यावसायिक ज्ञान दक्षता वुद्धि गर्ने हेतुले व्यवसाय सिर्जना सुरुवात, सुधार, विस्तार र विकासमा सहयोग पुर्‍याउन नगरले तालिमसमेत प्रदान गर्नेछ । कार्यविधिमा उल्लेख गरे अनुसार सापटी अनुदान पाउने व्यक्तिको परिवारको लगत विवरण वार्षिक रुपमा तयार गरी त्यसपछिका दुई वर्षसम्मको छनोट प्रक्रिया पनि पहिलो वर्षमा गर्न सकिनेछ । 

 त्यस्तै सापटी प्रदान गरिएका पशुपक्षीको बीमा गरे ५० प्रतिशत सम्मको साझेदारी गर्न सकिने उल्लेख छ । कार्यविधिमा उल्लेख गरिए अनुसार सापटी रकम ५० हजार भन्दा बढी भएमा निवेदनसाथ जग्गाधनी प्रमाण पुर्जा, व्यक्ति भए एकाघर परिवारका तीन जना व्यक्तिको मन्जुरी नामा वा दुई परिवारको ग्यारेन्टी, समूह भए समूहको ग्यारेन्टी आवश्यक पर्ने छ ।

प्रारम्भिक उद्यमशीलताको पहिलो चरणमा सरकारी जागिरे वा पेन्सन प्राप्त व्यक्तिलाई छनोट नगरिने नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनका अनुसार प्रत्येक तीन वर्षमा एक सापटी चरणको चक्र पूरा भई चौँथो वर्षबाट पुन चक्र सुरु हुने जनाइएको छ । उद्यमीले कृषि उत्पादन देखि पशुपालन तथा अन्य व्यवसाय गर्नका लागि उक्त रकम प्राप्त गर्नेछन् ।

 जस अनुसार लैनो भैँसी खरिदका लागि रु ५० हजारदेखि एक लाखसम्म प्राप्त गर्नेछन् । उद्यमीले बाख्रा, बङ्गुर, पक्षीपालन लोक्कल कुखुरा, हाँस बट्टाई, लेयर्स कुखुरा, कालीज, कटकनाथ, माछापालन, दुग्ध संकलन व्यवसाय डेरी उद्योग, कोल्डस्टोर तथा कृषि उपज बजारीकरण लगायतमा सहयोग प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ११ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका