दूरसञ्चार प्राधिकरणद्वारा ‘ब्रोडब्यान्ड’ उपलब्ध  « Khabarhub

दूरसञ्चार प्राधिकरणद्वारा ‘ब्रोडब्यान्ड’ उपलब्ध 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’ उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेज मार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरण अन्तर्गतको मनिटरिङ र भेरिफिकेसन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी सो कोष परिचालन गरी सञ्चालित परियोजनाहमध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्लाहरु (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा तीव्र गतिको इन्टरनेट पुर्‍याउनेबारे ७३ गाउँपालिका-नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेका  प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

 सरकारले भूकम्प प्रभावित आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थानहरुमा क्षमता अभिवृद्धि गर्न सम्पूर्ण आधारभूत विद्यालय गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबिबिएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्म महसुल बापतको रकम उपलब्ध गराउने निर्णय गरेको थियो । 

सोही अनुरूप हालसम्म कूल ७६ मध्ये ७३ गाउँपालिका-नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा २० एमबिएस क्षमताको ब्रोडब्यान्ड सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अघि बढाइएकामा हालसम्म कूल ६ सय ५६ मध्ये तीन सय २६ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

अति प्रभावित ती जिल्लाको तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म रु चार करोड १५ लाख ३८ हजार चार सय ७९ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । साथै आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत हालसम्म स्थानीय तहलाई पहिलो चरणको भुक्तानीबापत रु १२ करोड ८६ लाख ५३ हजार एक सय ८२ भुक्तानी गरिएको छ । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ३७ बजे

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन