यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई  « Khabarhub

यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गलकोट– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालाई  प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरेको हो । 

सहकारीको १६ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष तथा  निवर्तमान सांसद मनकुमारी केसी र संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले थापालाई नगद २५ हजारसहित सम्मान गरेका हुन्। 

कलाकारितामा दुई दशकदेखि निरन्तर साधनारत रही नेपाली मौलिक लोक सङ्गीतको जगेर्ना र विकासमा गायक थापाले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै सम्मानित गरिएको अध्यक्ष जिसीले बताए । गायक  थापाको सालको पातकाे टपरी हुने नहुने सल्लेको, खेतमा बोके झार, लोभी आँखा, बस्यो माया नबोली नबोलीलगायत चर्चित गीतमा आवाज तथा सङ्गीत दिएका छन् । उनको भर्खरै मात्र सार्वजनिक भएको गीत ‘हुन्छ भन’ भन्ने गीत युट्युबको ट्रेन्डिङमा छ । आदर्श सञ्चार सहकारीले प्रदान गर्ने आदर्श विशेष सम्मानबाट दुई वर्षअघि चर्चित गायक प्रकाश सपूतलाई प्रदान गरिएको थियो ।

 यस्तै सिर्जनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारीका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद रु १० हजार राशिको हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील कँडेल रेडियो नेपाल, धौलागिरि एफएम र धौलागिरि टेलिभिजनमा समेत कार्यरत छिन्। 

समाजमा विद्यमान भड्किलो विवाहविरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षयकोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । अहिले उक्त कोषको राशि एक लाख पुर्‍याइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : १९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ