सुदूरपश्चिममा एमाले : प्रदेशसभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील  « Khabarhub

सुदूरपश्चिममा एमाले : प्रदेशसभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधिसभातर्फ ७ जिल्ला र प्रदेशसभातर्फ ६ जिल्लामा निल भएको छ । मंसिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधिसभातर्फ दुई जिल्लामा मात्रै जित हाँशील गर्न सकेको हो ।

प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालेले प्रतिनिधिसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् । 

प्रत्यक्षतर्फका १६ मध्य १५ स्थानमा उम्मेदवारी दिएको एमालेले १३ स्थानमा पराजय व्यहोरेको हो, भने ७ जिल्लाबाट नै निल भएको हो । नेकपा एमाले प्रतिनिधिसभातर्फ कैलाली, डडेल्धुरा, डाटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा नील भएको हो ।

प्रदेशसभातर्फ नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर–१ को प्रदेश क्षेत्र (क), बैतडीको प्रदेश सभा क्षेत्र (क) र डाटीको प्रदेश सभा क्षेत्र क मा मात्रै जित हाँशील गरेको हो । प्रदेश सभामा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र (क) मा बिरबहादुर थापा, डोटी प्रदेश सभा क मा चक्र मल्ल र बैतडी प्रदेश सभा क्षेत्र (क) मा सुरेन्द्र पाल निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र मध्य ३१ ठाउँमा उम्मेदवारी दिएको एमालेले २८ प्रदेश सभा क्षेत्रमा पराजय व्यहोरेको हो, भने ६ जिल्लामा निल भएको हो । नेकपा एमाले प्रदेशसभातर्फ कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुलामा निल भएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ३४ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित