चिसो बढेसंगै मुगुका पहिरो पीडितको बिचल्ली « Khabarhub

चिसो बढेसंगै मुगुका पहिरो पीडितको बिचल्ली


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गत असोज २४ गतेसम्म परेको अविरल वर्षाले मुगु जिल्ला पहिरोको कारण ३३ गाउँ पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । बाढी पहिरोका कारण विस्थापित भएपछि यतिबेला छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र त्रिपालभित्रको बसाइले नागरिकको जनजिवन कष्टपूर्ण बितेको छ ।

अविरल वर्षापछिको बाढी पहिरोले मुगुका झयारी, सिगाडि, घुइर, तल्लो सालिमका विभिन्न गाउँ बस्तीमा ठूलो जनधनको क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रमा सरकारले राहत र पुनर्स्थापनामा जोड दिन नसक्दा यतिबेला मुगुका नागरिक बिचल्लीमा परेका छन् ।

दिनदिनै उकालो लाग्दो चिसोमा पालभित्रको बसाइले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसो मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्ने लगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।

दिनदिनै उकालोलाग्दो चिसोमा पालभित्रको बसाइँले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसौ मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।

एक साता लामो झरीका कारण छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिकाका र मुगुमा कामारोग गाउँपालिकाका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुगेको थियो । भौतिक संरचनादेखि बालीनालीसम्म सखाप भएको थियो ।

पहिरोको प्रभावले विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको विद्यार्थीहरू बताउँछन् । पहिरोमा परेर सालिमा गाउँमा आठ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । ७ सय ४३ घर पूर्णरूपमा भत्किँदा अहिले पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएका छ्न् ।

बाढी÷पहिरोपछि कर्णालीका तीन जिल्लालाई संकटक्षेत्र घोषणा त गरिएको छ तर, संकटक्षेत्रमा राहत र उद्धारको कुनै पनि हुन सकेको छैन । सोही कारणले नागरिक विचल्लीमा पर्दै आएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ५७ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र