चिसो बढेसंगै मुगुका पहिरो पीडितको बिचल्ली « Khabarhub

चिसो बढेसंगै मुगुका पहिरो पीडितको बिचल्ली


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गत असोज २४ गतेसम्म परेको अविरल वर्षाले मुगु जिल्ला पहिरोको कारण ३३ गाउँ पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । बाढी पहिरोका कारण विस्थापित भएपछि यतिबेला छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र त्रिपालभित्रको बसाइले नागरिकको जनजिवन कष्टपूर्ण बितेको छ ।

अविरल वर्षापछिको बाढी पहिरोले मुगुका झयारी, सिगाडि, घुइर, तल्लो सालिमका विभिन्न गाउँ बस्तीमा ठूलो जनधनको क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रमा सरकारले राहत र पुनर्स्थापनामा जोड दिन नसक्दा यतिबेला मुगुका नागरिक बिचल्लीमा परेका छन् ।

दिनदिनै उकालो लाग्दो चिसोमा पालभित्रको बसाइले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसो मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्ने लगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।

दिनदिनै उकालोलाग्दो चिसोमा पालभित्रको बसाइँले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसौ मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।

एक साता लामो झरीका कारण छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिकाका र मुगुमा कामारोग गाउँपालिकाका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुगेको थियो । भौतिक संरचनादेखि बालीनालीसम्म सखाप भएको थियो ।

पहिरोको प्रभावले विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको विद्यार्थीहरू बताउँछन् । पहिरोमा परेर सालिमा गाउँमा आठ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । ७ सय ४३ घर पूर्णरूपमा भत्किँदा अहिले पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएका छ्न् ।

बाढी÷पहिरोपछि कर्णालीका तीन जिल्लालाई संकटक्षेत्र घोषणा त गरिएको छ तर, संकटक्षेत्रमा राहत र उद्धारको कुनै पनि हुन सकेको छैन । सोही कारणले नागरिक विचल्लीमा पर्दै आएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ५७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण