आदिवासी जनजातिको सभ्यताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ : शिक्षामन्त्री पौडेल « Khabarhub

आदिवासी जनजातिको सभ्यताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ : शिक्षामन्त्री पौडेल


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति आयोगले ललितपुरमा आज आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले खोज, अनुसन्धान, सङ्घर्ष र निरन्तरताबाट सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सीप, सिर्जनालाई ज्ञान क्षेत्रमा जोडेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए ।

“सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त हुन्छ । सभ्यतासँग संस्कृति जोडिएको हुन्छ । सभ्यता र संस्कृति नै रहेन भने अस्तित्व रहँदैन”, मन्त्री पौडेलले भने, “समाजमा विभिन्न किसिमका विशेषता हुन्छन्, त्यसलाई हामीले ज्ञान क्षेत्रमा जोड्न सकेनौँ भने सभ्यता र संस्कृतिको संरक्षण र विकास पनि हुन सक्दैन र हामी पनि अगाडि बढ्न सक्दैनौँ । विश्वविद्यालयहरूमा यो बहस आवश्यक छ ।”

कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आदिवासी जनजातिको ज्ञानको संरक्षण र संवद्र्धन गर्दै विविधतालाई सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने बताए । “नेपालको विविधतालाई हाम्रो सम्पत्तिको रूपमा स्वीकार गरेर जानुपर्छ, यसलाई अहिले गम्भीरतापूर्वक लिइएको छैन ।” अध्यक्ष चौधरीले भने, “आदिवासी जनजातिका ज्ञान भाषा, संस्कृतिसँग जोडिएका विषय छन्, अहिले भाषा संरक्षण नै चुनौतीपूर्ण अवस्थामा छन् । हामीले भाषिक विकास र संरक्षणका लागि पाठ्यक्रममा भाषालाई समेट्नुपर्ने आवश्यकता छ ।”

राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले संवैधानिक अङ्गका रूपमा रहेको आदिवासी जनजाति आयोग आदिवासी जनजाति आन्दोलनको सफलता भएको बताउँदै यसले आफ्ना गतिविधिलाई राज्यको नीति र अभ्यासअनुसार आदिवासी जनजातिको संस्कृति, सभ्यता र ऐतिहासिक परम्पराको संरक्षण, प्रवर्द्धन र व्यापकतामा ध्यान दिने अपेक्षा गरे ।

संविधानसभा सदस्य तथा गण्डकी प्रदेश विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आदिवासी जनजाति आयोगले आदिवासी जनजाति आन्दोलनको मर्मअनुरुप उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै उनीहरूको पीडालाई बुझ्ने गरी काम गर्न सुझाव दिए ।

संविधानसभा सदस्य तथा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आदिवासी जनजातिको ज्ञान, सीप र आर्थिक विकास गर्ने सन्दर्भमा सम्मेलनभित्र महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले ज्ञानहरूको पहिचानलाई संरक्षण गर्दै जान, अन्तरनिहित ज्ञान र सीपलाई पहिचान गर्दै सुन्दर फूलबारीलाई संरक्षण गर्दै जानु सबैको दायित्व भएको बताए ।

खुला विश्वविद्यालयका उपकुलपति शीलु मानन्धर बज्राचार्यले आदिवासी जनजातिका भाषा, साहित्यको ज्ञानलाई प्राथमिकतामा राखेर संरक्षण गर्न औपचारिक शिक्षामा समावेश गर्नुपर्ने र यसका लागि नीति– निर्माण तहमा काम गर्नेहरूले ध्यान दिनुपर्ने बताइन् । रोजगारी सिर्जना गर्न सक्ने खालको सिर्जनात्मक शिक्षा दिन पाठ्यक्रम तयार गर्नु आजको आवश्यकता रहेको पनि उनको भनाइ छ ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासीहरूको ज्ञान, सीप, भाषा, कला, संस्कृतिको विकास गर्दै राज्यको मूलधारमा ल्याएर अथाह सम्भावनाको खोजी तथा सदुपयोग गर्नुपर्ने बताए । उनले ९० प्रतिशत खाद्य परिकार आदिवासी ज्ञानमा आधारित रहेको पनि बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : २५ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ’आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ