सलमानलाई निम्तो थिएन कटरीना-विकीको विवाहमा « Khabarhub

सलमानलाई निम्तो थिएन कटरीना-विकीको विवाहमा


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् ।

उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो ।

यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको निम्तो दिएकी थिइनन् ।

‘कटरीना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’, एक पत्रिकासँगको अन्तरवार्तामा आयुषले भनेका छन् ।

उनले कटरीना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गरे ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ११ : १० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले