दूध किसानलाई गाउँपालिकाले प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने « Khabarhub

दूध किसानलाई गाउँपालिकाले प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो ।

“गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ,’’ अध्यक्ष वंशलाल तामाङले भने, “कार्यविधि स्वीकृत भएसँगै किसानले दूधमा प्रतिलिटर दुई रुपैयाँ पाउने भएका छन् ।”

‘इन्द्रावती समृद्विको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले कृषि क्षेत्रलाई व्यवस्थित गराउन गाउँपालिकाले सहकारी तथा तरकारी सङ्कलन केन्द्रसमेत स्थापना र प्रवद्र्धन गर्ने भएको छ ।

किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषक व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिने गाउँपालिकाको जिकिर छ । यसैगरी इन्द्रावती नदी किनारमा वर्षौदेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा नापी गर्न आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत पारित गर्नाका साथै सिपाघाट–ज्यामिरेमाने–नवलपुर–सिम्पाल काभ्रे सडकलाई भृकुटी मार्ग नामकरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पालिकाले आर्थिक वर्ष २०७७/७८ को हालसम्मका उपलब्धिबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यो आर्थिक वर्षमा १९ दशमलव ८१ प्रतिशत मात्रै खर्च भएको र बाँकी योजना सम्झौता र भुक्तानीको क्रममा रहेको उल्लेख गरे ।

गाउँसभाले चौमासिक समीक्षासँगै योजना संशोधन तथा रकमान्तर, करका दर, दायरा थप तथा संशोधन, कार्यविधि स्वीकृत र खरिद समिति तथा मूल्याङ्कन समिति गठनलगायत एजेण्डा पारित गरेको थियो।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : ३९ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई