आज २०७८ साल फागुन ३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन ३ गते मंगलबारको राशिफल


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ३ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ?यस्तो छ आजको फलादेश :

फागुन ३ गते मंगलबार

मेष : आजको दिन राम्रो छ। राजनीति, सामाजिक, आर्थिक, वैदेशिक क्षेत्रमा सामान्य रहे पनि शिक्षा क्षेत्रमा उमंग बढ्नेछ। शैक्षिक क्षेत्रको लगानीले गुणात्मक प्रतिफल दिनेछ। सोचेको काम गर्नुहोला दिनले तपाईंलाई साथ दिनेछ।

वृष : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ। धार्मिक क्षेत्रमा मानसम्मान प्राप्त गर्नुहुनेछ। गणेश भगवानको पूजा गर्नुभयो भने सोचेको काम पूरा हुनेछ।

मिथुन : दिन राम्रो मान्नु छ। केही कामको थालनी गर्नुभएमा सफलता मिल्नेछ। कसैको प्रतिक्षा नगरी आफ्नो काम गर्नुहोला। अरुलाई पर्खिएमा ठूलो क्षति हुनेछ। अरुको विषयमा चर्चा गर्नु भन्दा आफ्नो काममा ध्यान दिनुहोला।

कर्कट : दिन राम्रो छ। साथीले सहयोग नगर्ने भएकाले सचेत भएर काम गर्नुहोला। धेरै नबोल्नु ठिक हुनेछ। सवारी साधनमा यात्रा गर्दा सावधान रहनुहोला। शिक्षामा भन्दा व्यापारिक क्षेत्रमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ।

सिंह : आजको दिन धेरै राम्रो मान्नुपर्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी गर्नुहोला। राजनीतिक क्षेत्रमा फसाउन खोज्नेहरु सक्रिय रहेकाले सचेत हुनुपर्छ। धार्मिक संगत गरे रमाइलो अनुभूति हुनेछ।

कन्या : दिन सामान्य रहेको छ। लामो यात्रा गर्ने तयारीमा हुनुहुन्छ भने एक दिनलाई रोक्नुहोला। आफन्तले सहयोग गर्ने आश नगर्नुहोला। आफन्तसँग जोगिएर गरेको काम मात्र सफल हुनेछ।

तुला : दिन धेरै सामान्य छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो सफलता मिल्नेछ। शिक्षामा समेत सम्भावना देखिन्छ। अरुको विश्वासमा परे फस्न सक्ने भएकाले आफ्नो विवके प्रयोग गरेर मात्र काम गर्नुहोला।

वृश्चिक : दिन सामान्य राम्रै रहेको छ। श्रम लगानीको प्रतिफल पाइने छ। सहयोग गर्ने धेरै भउकाले आफ्नो काम सहजै बन्नेछ। सज्जनको संगत गर्नुभयो भने लगानीको प्रतिफल पाइने छ। विद्याको क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ।

धनु : आजको दिन सामान्य राम्रो छ। आफन्तसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। विद्याको क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ।

मकर : आजको दिन सामान्य रहेको छ। आर्थिक क्षेत्र राम्रो रहेको छ। व्यापारको क्षेत्रमा पुरानो योजना अगाडि बढाए धेरै फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। आर्थिक क्षेत्रको लागनी राम्रो हुनेछ। व्यवसाय फस्टाउने देखिन्छ। शिक्षा र स्वास्थ्यमा सामान्य गढबढ भए पनि चिन्ता गर्नुपर्ने अवस्था हुँदैन।

मिन : आज राम्रो छ। विद्याको क्षेत्रमा राम्रो देखिन्छ। शान्त भएर अतितका पाना पल्टाउनुहोला यसले तपाईंलाई फाइदा हुनेछ। तपाईंका योजना सफल पार्ने तयारीमा हुनुहुन्छ भने दान गर्नुहोला।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : १६ बजे

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला