घरमा आगलागी हुँदा एकजना गम्भीर घाइते « Khabarhub

घरमा आगलागी हुँदा एकजना गम्भीर घाइते


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन्।

विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाइते भएकी हुन्।

आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

आगोको ज्वालाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर विराटनगर पठाइएको छ।

उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो। खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन्।

श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दैआएकी थिइन्। आगलागीमा घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : १८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने