कांग्रेस संसदीय दलको बैठक बस्दै : महाअभियोग प्रस्तावमाथि छलफल « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै : महाअभियोग प्रस्तावमाथि छलफल


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तासीन नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ। त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन्।

गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ।

एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ४८ बजे

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ