साहित्यकार तारानाथ शर्माको निधन « Khabarhub

साहित्यकार तारानाथ शर्माको निधन


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ ९ताना० शर्माको मंगलबार विहान निधन भएको छ ।

इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो ।

शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित थिए ।

शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित छन् ।

अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनको पहिलो कृति ‘घोत्ल्याइँहरु’ २०२१ सालमा प्रकाशन भएको थियो । उनले ‘बेलाइततिर बरालिँदा’ पुस्तकबाट २०२६ सालमा मदन पुरस्कार पाएका थिए । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने ‘बेलाइततिर बरालिँदा’ पहिलो पुस्तक हो ।

‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना शर्माप्रति हार्दिक श्रदा,’ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीले आज ट्वीटर मार्फत भनेको छ ।

शर्माले २०२९ सालमा ‘सम र समका कृति’ लागि साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाएका उनी २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्क लेखन पुस्करबाट पनि सम्मानित भएका थिए । मंगलबार अपरान्ह्र पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवार निकट स्रोतले बताएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १२ : १७ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको