समाचार

बारको विरोध प्रदर्शन जारी

By खबरहब

February 15, 2022

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ ।

यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभामा महाभियोगमाथिको प्रस्तावमाथि छिटो छलफल हुनुपर्ने र उचित निस्कने विश्वास गरेको बताए । न्यायपालीकाको पहरेदारको भूमिका बारले निभाएको भन्दै उनले आागमी दिनमा पनि न्यायलयको शुद्धिकरणका लागि निरन्तर कार्यक्रम गर्ने बताए ।

उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने बताए ।