नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक जारी « Khabarhub

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक जारी


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ ।

छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए । बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महअभियोगबारे

पनि छलफल हुँदैछ । महाअभियोग दर्ता भइसकेपछि पार्टीको अबको राणनीतिबारे बैठकमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ३ : ३७ बजे

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ