चीनमा एकै दिन दुई वर्षयताकै धेरै कोरोना संक्रमित फेला « Khabarhub

चीनमा एकै दिन दुई वर्षयताकै धेरै कोरोना संक्रमित फेला


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा मंगलबार एकै दिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ संक्रमितको संख्या पनि रेकर्ड तोड्ने गरी दिनहुँ बढिरहेको छ । एनएचसीका अनुसार उत्तरपूर्वी प्रान्तमा ३ हजार भन्दाबढीमा संक्रमण देखिएको छ ।

चीनले कोभिडविरुद्ध ‘शून्य सहनशिलता’को नीति अप्नाएको जनाउँदै आएको छ । कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ ।

यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुन र १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा यसै साता लकडाउन घोषणा गरिएको थियो । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनिएकाे छ । रोकथाम र नियन्त्रणलाई समयमै सशक्त नबनाइए कोभिड सजिलै समुदायस्तरमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

संक्रमणका कारण सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द छन् । चीनका १८ ओटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेका छन् । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : २५ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी