निजी क्षेत्रले गर्छ ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति | Khabarhub Khabarhub

निजी क्षेत्रले गर्छ ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ ।

नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार यहाँ आयोजित अन्तर्क्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गरेको जानकारी दिइयो ।

स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ विदेशबाट समेत आयात गरिने गरेको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहेको जनाइएको छ ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गुणस्तरीय बीउबिजन उत्पादन गरी कृषकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै बीउबिजन बजारीकरणमा रहेका केही नीतिगत समस्या व्यवसायीसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

बीउबिजनका क्षेत्रमा क्रियाशील व्यवसायी, विज्ञलगायतले गुणस्तरीय बीउ उत्पादन गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले कृषकका साथै व्यवसायीको हितमा काम गर्दै आएको संस्थाले ४६ जिल्लमा कार्यसमिति निर्माण गरेको जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ४० बजे

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि लामिछाने 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको

विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन हितेन्द्रदेव शाक्यले मुख्यतः तीन क्षेत्रमा

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी