रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनौँ घाइते « Khabarhub

रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनौँ घाइते


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बालबालिकाको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ घाइते भएका छन् ।

‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ । मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।

रुसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ३२ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी