माधव नेपाललाई इंकित गर्दै केपी ओलीले भने- ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने पनि आफूलाई कम्युनिष्ट भन्छन्’ « Khabarhub

माधव नेपाललाई इंकित गर्दै केपी ओलीले भने- ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने पनि आफूलाई कम्युनिष्ट भन्छन्’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको आलोचना गरेका छन्।

अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसदेखि राष्ट्रिय जनमोर्चा सम्मको कामको विरोध गरेका हुन्।

नेपाली कांग्रेसका नेता नपढे पनि महान हुन्छन्, कम्युनिष्टहरु जति पढे पनि हुँदैनन् भन्ने आम धारणा छ भन्दै कटाक्ष गरे। राष्ट्रिय जनमोर्चाले एमालेले जिताइदिएको एक सांसद पद पनि आगामी निर्वाचनबाट जोगाउन नसक्ने भएपछि गठबन्धन छोड्न नसकेको टिप्पणी गरे ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतर्फ संकेत गर्दै उनले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले पनि आफूलाई कम्युनिष्ट बताउने गरेको आरोप लगाए ।

प्रकास सपूतको ‘तिम्रो मायाले पिर दियो’ भन्ने गीतले माओवादी केन्द्रतर्फ संकेत गर्दै उनले कुनै पार्टीलाई अप्ठेरो पारेको टिप्पणी गरे।

मोहन वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्ने समाचार सुनेको भन्दै ओलीले कतै जित्ने स्थिती नभएपछि यस्तो फण्डा गरिएको टिप्पणी गर्न समेत छुटाएनन् । कतिपय बुद्धिजीवीले कम्युनिष्ट एकता नभए सकिन्छन् भनेर बेकारको कुरा गरिरहेको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : १४ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि