गायिका स्मिताको लेखनमा ‘हराएको मुस्कान’ | Khabarhub Khabarhub

गायिका स्मिताको लेखनमा ‘हराएको मुस्कान’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायिका स्मिता घिमिरेले आफु लिखित उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरेकी छिन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको पुस्तक उनको पहिलो लेखन हो । गायनमा रहेकी स्मिताले आफ्नो यात्रामा लेखनलाई समेत थामेकी छिन् । ‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरुबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरुको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरियो । ‘हराएको मुस्कान’ लोकार्पण समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरियो । सम्मानित हुने हरुमा स्व. तारानाथ शर्मा, विष्णु प्रभात,दिपक जंगम,कमल कोइराला,नवराज सुवेदी,कुन्ती मोक्तान,बलराम अर्याल,मनिषा कोइराला,उन्नति बोहोरा शिला,रमना श्रेष्ठ,बेन्जु सरोज,डा.प्रकाश सायमी,डा.सुदिपश्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गरेका थिए । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा लेखिका स्वयम् आफैं पात्र भएर प्रस्तुत भएकी छिन् ।

स्मिता पनि कुनै समयमा क्यान्सर रोगबाट पिडित भएको सम्झिँदै अभिनेत्री मनिषाले उनको यात्रामा लेखन जोडिएकोमा खुशी व्यक्त गरिन्। कार्यक्रममा स्मिताको स्वरमा रहेको नयाँ गीतको भिडियोसहित सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : २३ बजे

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा

महेन्द्रनगर – मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा – प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

एजेन्सी– फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले

 छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

राजविराज– बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि

बाढीपीडितको वेदना : दशैं आयो, राहत आएन

ललितपुर- फूलबारीमार्ग मंगलफार्म वडा नम्बर २५, नख्खुमा भीमबहादुर तामाङ (६१)