गायिका स्मिताको लेखनमा ‘हराएको मुस्कान’ « Khabarhub

गायिका स्मिताको लेखनमा ‘हराएको मुस्कान’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायिका स्मिता घिमिरेले आफु लिखित उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरेकी छिन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको पुस्तक उनको पहिलो लेखन हो । गायनमा रहेकी स्मिताले आफ्नो यात्रामा लेखनलाई समेत थामेकी छिन् । ‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरुबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरुको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरियो । ‘हराएको मुस्कान’ लोकार्पण समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरियो । सम्मानित हुने हरुमा स्व. तारानाथ शर्मा, विष्णु प्रभात,दिपक जंगम,कमल कोइराला,नवराज सुवेदी,कुन्ती मोक्तान,बलराम अर्याल,मनिषा कोइराला,उन्नति बोहोरा शिला,रमना श्रेष्ठ,बेन्जु सरोज,डा.प्रकाश सायमी,डा.सुदिपश्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गरेका थिए । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा लेखिका स्वयम् आफैं पात्र भएर प्रस्तुत भएकी छिन् ।

स्मिता पनि कुनै समयमा क्यान्सर रोगबाट पिडित भएको सम्झिँदै अभिनेत्री मनिषाले उनको यात्रामा लेखन जोडिएकोमा खुशी व्यक्त गरिन्। कार्यक्रममा स्मिताको स्वरमा रहेको नयाँ गीतको भिडियोसहित सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : २३ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि