गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने | Khabarhub Khabarhub

गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नेपाली साहित्यिक क्षेत्रको विकासको लागि विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजन गर्ने भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज नेपाली साहित्यलाई लोभ हुन नदिन र लुकेर बसेका साहित्यकारलाई आफ्नो कलाको  प्रदर्शन गर्न आह्वान गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो ।

नव वर्ष २०७९ को पूर्व सन्ध्यामा विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजना हुने भएको छ । सहभागीहरुले  २०७८ साल चैत्र १० गते सम्ममा आफ्नो रचना पठाइ सक्नु पर्ने छ । रचनामा संविधान कानुन र कसैको चरित्र हत्या नहुने गरी र यस अघि कुनै पनि माध्यममा प्रकाशित नगरिएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 प्राप्त भएका कविताहरुको विज्ञद्धारा प्रारम्भिक मूल्याङ्कनका आधारमा विजेता छनोट गरिने छ । प्रतियोगिताको विजेतालाई ५० हजार, उप विजेतालाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै, ३ कवितालाई सान्त्वना पुरस्कारसहित १० हजार रुपैयाँको व्यवस्था पनि गरिएको छ । प्रतियोगिता सम्बन्धी थप जानकारी गोकर्णेश्वर नगरपालिकाको वेभ साइटबाट पनि लिन सकिने छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : २६ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये