गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने « Khabarhub

गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नेपाली साहित्यिक क्षेत्रको विकासको लागि विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजन गर्ने भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज नेपाली साहित्यलाई लोभ हुन नदिन र लुकेर बसेका साहित्यकारलाई आफ्नो कलाको  प्रदर्शन गर्न आह्वान गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो ।

नव वर्ष २०७९ को पूर्व सन्ध्यामा विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजना हुने भएको छ । सहभागीहरुले  २०७८ साल चैत्र १० गते सम्ममा आफ्नो रचना पठाइ सक्नु पर्ने छ । रचनामा संविधान कानुन र कसैको चरित्र हत्या नहुने गरी र यस अघि कुनै पनि माध्यममा प्रकाशित नगरिएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 प्राप्त भएका कविताहरुको विज्ञद्धारा प्रारम्भिक मूल्याङ्कनका आधारमा विजेता छनोट गरिने छ । प्रतियोगिताको विजेतालाई ५० हजार, उप विजेतालाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै, ३ कवितालाई सान्त्वना पुरस्कारसहित १० हजार रुपैयाँको व्यवस्था पनि गरिएको छ । प्रतियोगिता सम्बन्धी थप जानकारी गोकर्णेश्वर नगरपालिकाको वेभ साइटबाट पनि लिन सकिने छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : २६ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि