स्वास्थ्यसहित दुई सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्न सिफारिस « Khabarhub

स्वास्थ्यसहित दुई सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्न सिफारिस


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित दुई जना सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार भएको छ। निजामती सेवाका सचिव (विशिष्ट श्रेणी) को व्यवस्थापनलगायत विषयमा अध्ययन गर्न गठित कार्यदलले मन्त्रालयहरुमा दुई जना सचिव हुँदा झन् समस्या आइरहेको निष्कर्ष निकाल्दै मन्त्रालयहरुमा एक जना मात्र सचिव राख्न सिफारिस गरेको प्रतिवेदन तयार पारेको हो।

स्वास्थ्य मन्त्रालयमा अहिले स्वास्थ्य सेवाका डा. रोशन पोखरेल र प्रशासन तर्फकी देवकुमारी गुरागाईं सचिव छन्। स्वास्थ्यसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास र शिक्षा मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ।

कार्यदलले सचिवहरुको संख्या पनि घटाउन सिफारिस गर्ने तयारी गरेको छ। हाल देशका विभिन्न निकायमा ७२ जना सचिवको दरबन्दी रहेको छ। कार्यदलले उक्त संख्या घटाएर बढीमा ४८ सम्म राख्न सुझाएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउन भने बाँकी छ। सरकारले गत माघ १० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखाका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

उक्त कार्यदलमा अर्थसचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव, जल तथा ऊर्जा आयोगका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव सदस्य छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखाका सहसचिव सदस्यसचिव छन्।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ४० बजे

अबुधाबीमा युक्रेन–रुस वार्ता, ड्रोन आक्रमणले वातावरण गम्भीर

अबुधाबी–  युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरू चार वर्षदेखि जारी

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र