काठमाडौं महानगरले हटायो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना « Khabarhub

काठमाडौं महानगरले हटायो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना हटाएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत निर्माण गरेको कङ्क्रिट संरचना आज महानगरले हटाएको हो ।  

महानगर उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

 नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए ।

 महानगरपालिकाले राति राति काम गरेर पुरातात्विक मापदण्ड विपरीत काम गरेको सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले बताए ।

 महानगर उपप्रमुख श्रेष्ठको नेतृत्वमा आज अनुगमन गरेपछि विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा बसेको सरोकार भएका निकायको बैठकले मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो ।

 निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको छ  । संरचना हटाउन युनेस्को, जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगायतका निकायले पनि पत्राचार गरेका थिए । मापदण्ड विपरीतका संरचना निर्माणका विषयमा वसन्तपुर दरबार क्षेत्रका चारवटै वडा र महानगरपालिकाकै हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई जानकारी गराइएको थिएन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ४६ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका