प्रदेशका यातायातसम्बद्ध मन्त्री तथा सचिवहरूको पोखरामा भेला « Khabarhub

प्रदेशका यातायातसम्बद्ध मन्त्री तथा सचिवहरूको पोखरामा भेला


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रदेशहरूका भौतिक पूर्वाधार तथा यातायातसम्बद्ध मन्त्री तथा सचिवहरू पोखरामा भेला भएका छन् ।

गण्डकी सरकारको आयोजनमा भएको भेलामा सहभागी हुन उनीहरू पोखरा पुगेका हुन् ।

संघ सरकारसँग अधिकार खोजी गर्दै उनीहरू साझा धारणा बनाउन बैठक बसेका छन् ।

भौतिक पूर्वाधार र यातायात प्रणालीको सुधार गर्न मन्त्रीहरूले पोखराबाट साझा घोषणापत्र जारी गर्ने छन् ।

बैठकमा मधेश प्रदेशबाहेकका ६ मन्त्री र सात वटै प्रदेशका भौतिक सचिव सहभागी छन् । भेलामा प्रदेश यातायातका समस्या र भौतिक पूर्वाधारको गुणस्तरीयताबारे छलफल हुनेछ ।

सवारी चालक अनुमति पत्रको सफ्टवेयर हस्तान्तरण नभएको, सडकका लागि जग्गा प्राप्ति नभएको, दरबन्दी अनुसार कर्मचारी नपठाएको लगायत समस्याले संघीयतापछि प्रभावकारी सेवा दिन नसकिएको मन्त्रीहरूको गुनासो छ ।

संविधान प्रदत्त अधिकारसमेत संघले विकेन्द्रित गर्न नचाहेपछि प्रदेश संरचनाप्रति नागरिकहरूको गुनासो बढेको गण्डकीका भौतिक मन्त्री कुमार खड्काले बताए ।
अधिकार प्रत्यायोजन नहुँदा राजश्व संकलनदेखि सेवा प्रवाहसम्ममा असर परेको उनले बताए ।

सहभागी मन्त्रीहरूले बिचौलियाका नागरिकहरू ठगीमा परेको, राजस्व चुहावट रोक्न नसकिएको, संघसँग समन्वय अभाव हुँदा लाइसेन्स वितरणदेखि अन्य कामहरू अलपत्र परेकोलगायत समस्या अघि सारेका छन् ।

गण्डकीकै आयोजनामा यसअघि मुख्यमन्त्रीहरूको भेला भएको थियो भने त्यसपछि सभामुख र आन्तरिक मामिला मन्त्रीहरूको बैठक बसेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ३३ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६