पोखरामा मेयर र उपमेयरको उम्मेदवार बनाउन एमालेमा आन्तरिक मतदान हुँदै | Khabarhub Khabarhub

पोखरामा मेयर र उपमेयरको उम्मेदवार बनाउन एमालेमा आन्तरिक मतदान हुँदै


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ । यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् ।

सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।

मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।

उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।

आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन् । एमालेको आन्तरिक बैठकमा बहालवाला सांसदलाई मेयर उपमेयरमा छेक्ने प्रयास भएको छ । बैठकका सहभागीहरुले कडा रुपमा उनीहरुको विरोध गरेको एक नेताले बताए । ‘बहालवाला सांसदको कार्यकाल अझै आधा वर्ष बाँकी छ । उही मान्छेलाई तानेर मेयर बनाउने कुरा राम्रो हुन सक्दैन,’ ति नेताले भने, ‘सांसदलाई मेयर उपमेयरको टिकट दिन हुँदैन । सबैको आवाज त्यसैमा केन्द्रित भएको छ ।’

२०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिश्पर्धाबाटै मेयर र उपमेयरको नाम टुंग्याईएको थियो । मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याएर मेयरको टिकट पाएका हुन् भने उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याए पनि भेग र जातीय हिसाव मिलाउनुपर्ने भएकोले दोश्रो नम्बरमा सिफारिस भएकी गुरुङले टिकट पाएकी हुन् । अहिले पनि मतदातबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ । दुबै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : २१ बजे

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २