युरोपा लिगको सेमिफाइनल समीकरण पूरा « Khabarhub

युरोपा लिगको सेमिफाइनल समीकरण पूरा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युईएफए युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएका खेलसँगै अन्तिम चारमा पुग्ने चार टोलीको टुंगो लागेको हो ।

वेस्ट हम समग्रमा ४-१ ले विजयी  हुँदै ४६ वर्ष पछि युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । जितसँगै बेस्ट ह्यामले फ्रयांकफर्टसँगको सेमिफाइनल भेट पक्का गरेको छ । फ्रयांकफर्डले राति क्याटलन क्लबलाई समग्रमा ४-३ ले पराजित गर्‍यो ।

त्यस्तै, एट्लान्टालाई निराश पार्दै जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिकले पनि युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहीबार सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा लाइपजिकले २-० को जित निकाल्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको लिपजिक समग्रमा ३-१ को जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।

रेन्जर्सले युरोपा कपको सेमिफाइनलमा स्थान बनाउने क्रममा एसी ब्रागालाई दोस्रो लेगमा ३-१ ले हरायो । पहिलो लेगमा १-० को जित निकालेको ब्रागाले दोस्रो लेगमा भने अग्रता कायम राख्न सकेन । रेन्जर्सले समग्रमा ३-२ को नतिजाका निकाल्यो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : १९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी