युरोपा लिगको सेमिफाइनल समीकरण पूरा « Khabarhub

युरोपा लिगको सेमिफाइनल समीकरण पूरा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युईएफए युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएका खेलसँगै अन्तिम चारमा पुग्ने चार टोलीको टुंगो लागेको हो ।

वेस्ट हम समग्रमा ४-१ ले विजयी  हुँदै ४६ वर्ष पछि युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । जितसँगै बेस्ट ह्यामले फ्रयांकफर्टसँगको सेमिफाइनल भेट पक्का गरेको छ । फ्रयांकफर्डले राति क्याटलन क्लबलाई समग्रमा ४-३ ले पराजित गर्‍यो ।

त्यस्तै, एट्लान्टालाई निराश पार्दै जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिकले पनि युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहीबार सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा लाइपजिकले २-० को जित निकाल्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको लिपजिक समग्रमा ३-१ को जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।

रेन्जर्सले युरोपा कपको सेमिफाइनलमा स्थान बनाउने क्रममा एसी ब्रागालाई दोस्रो लेगमा ३-१ ले हरायो । पहिलो लेगमा १-० को जित निकालेको ब्रागाले दोस्रो लेगमा भने अग्रता कायम राख्न सकेन । रेन्जर्सले समग्रमा ३-२ को नतिजाका निकाल्यो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : १९ बजे

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट

महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ

भैरहवा– शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको