तनहुँमा वन्यजन्तु सप्ताह सुरु « Khabarhub

तनहुँमा वन्यजन्तु सप्ताह सुरु


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा २७औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । ‘मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ बिहीबारदेखि भानुभक्त प्राणी उद्यानको आयोजनामा वन्यजन्तु सप्ताह सुरु भएको हो ।

सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानिसले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए। मानव र वन्यजन्तुको अहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुवैको अस्तित्व बराबर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

सो उद्यानले वन्यजन्तु सप्ताहका अवसरमा सात दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । सप्ताहका अवसरमा चरा अवलोकन साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाइ, विद्यालय शिक्षा कार्यक्रम, वन डढेलोसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय सरोकारवालासँग छलफल कार्यक्रम सञ्चालन हुने उद्यानका रेञ्जर दिपेश मिजारले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ३५ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी