भानुभक्त प्राणी उद्यानमा चरा गणना गरिने | Khabarhub Khabarhub

भानुभक्त प्राणी उद्यानमा चरा गणना गरिने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले चरा गणना गर्ने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर प्राणी उद्यानले यस क्षेत्रमा चरा गणना गर्न लागेको हो ।

प्राणी उद्यानले ओगटेको वन क्षेत्रमा चरा गणना गरिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार हालसम्म प्राणी उद्यानको क्षेत्रभित्र १८५ प्रजातिका चरा भेटिएका छन् ।

चरा अनुगमनका क्रममा फेला परेका प्रजातिको तथ्याङ्क राख्ने गरिएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानमा गत वर्ष प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घको सङ्कटापन्न सूचीमा रहेको विश्वमा दुर्लभ मानिएको गोमायु महाचील र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको थियो ।

चरा अनुगमन गर्नका लागि उद्यानको सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाई बिहान र बेलुका उक्त ट्रान्जेक्टमा पैदल हिँडी अवसर अनुगमन गर्ने तयारी छ । चरा प्रत्यक्ष देखेर वा स्वर सुनेका आधारमा पहिचान गरी ‘मेकानेन’ विधिबाट अभिलेख राखिने बताइएको छ । उक्त कार्यका लागि बाइनाकुलर, क्यामेरा र चरा पहिचान पुस्तकको प्रयोग गरिन्छ ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ।

उक्त उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ५९ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका