नेपाली टोलीका प्रशिक्षक अलमुताइरीको स्वीकारोक्ति : हामी एसिया कपमा स्थान बनाउन सक्दैनौँ   « Khabarhub

नेपाली टोलीका प्रशिक्षक अलमुताइरीको स्वीकारोक्ति : हामी एसिया कपमा स्थान बनाउन सक्दैनौँ  


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सत्यताअनुसार नेपाली टिमले एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् ।

नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै सत्यता नै टिम छनोट हुन नसक्ने बताए । ‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौँ,’ शुक्रबार दशरथ रंगशालामा अब्दुल्लाहले बताए ।

उनले टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताए । उनले नेपालमा केही समय अभ्यास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछी  कुवेत जाने बताए ।

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार) नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको छ ।

पहिलो दिनको प्रशिक्षणमा कप्तान किरण कुमार लिम्बू र देवेन्द्र तामाङ बाहेक अन्य खेलाडीको उपस्थित रहेको थियो । किरण र देवेन्द्र पारिवारिक कारण उपस्थित भएनन् । किरण भने माल्दिभ्सको शीर्ष डिभिजन लिगमा व्यस्त छन् ।

छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : ५६ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी