५० दिनसम्म रुसी आक्रमणबाट मुलुकको रक्षा गरेकोमा युक्रेनी राष्ट्रपतिको बधाइ « Khabarhub

५० दिनसम्म रुसी आक्रमणबाट मुलुकको रक्षा गरेकोमा युक्रेनी राष्ट्रपतिको बधाइ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेको ५० दिन पूरा भएको छ । यसबारे सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ५० दिनसम्म रुसी आक्रमणबाट रक्षा गर्नु उपलब्धि भएको टिप्पणी गरेका छन् ।

बीबीसीका अनुसार आक्रमणका बेला रुसले ५ दिनको समय दिएकोमा ५० दिनसम्म मुलुकको रक्षा गर्नु उपलब्धि भएको उनको टिप्पणी छ ।

‘तर उनीहरुलाई युक्रेनीहरु यतिसम्म बहादुर छन् भन्ने थाहा थिएन… ।’ सन्देशमा जेलेन्स्कीले भने, ‘…स्वतन्त्रता र आफ्नो चाहनाअनुसार जीवन बाँच्ने सम्भावना हाम्रा लागि कति महत्वपूर्ण छ भन्ने उनीहरूलाई थाहा थिएन ।’

उनले युक्रेनी नागरिकलाई पनि बधाइ दिए । ‘५० दिनसम्म हाम्रो रक्षा उपलब्धि हो । दशौँ लाख युक्रेनीको उपलब्धि हो ।’

गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथिको आक्रमणलाई जारी राखेको छ । पछिल्लो समय रुसी आक्रमणको प्रमुख निशानामा पूर्वी एवम् दक्षिणी युक्रेन रहेको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ०८ बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा