निर्वाचनमा गठबन्धन गर्ने विषयमा कुनै निर्णय भएको छैन: अध्यक्ष लिङ्देन « Khabarhub

निर्वाचनमा गठबन्धन गर्ने विषयमा कुनै निर्णय भएको छैन: अध्यक्ष लिङ्देन


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिक रूपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए ।

उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरू कुनै दलसँग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए। उनले भने, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”

शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने भन्दै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरूमा निःशुल्क शिक्षा दिने बताएका छन् ।

फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको बताए । उनले भने, “राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरू पार्टीबाट बाहिरिएका छन् ।” देशलाई मायाँ गर्ने र राजनीतिलाई समाज सेवा ठान्नेहरू यही पार्टीमा रहेको उनको तर्क थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : १५ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६