अष्ट्रेलियन प्रधानमन्त्रीको सुरक्षा टोली चढेको कार दुर्घटनाग्रस्त « Khabarhub

अष्ट्रेलियन प्रधानमन्त्रीको सुरक्षा टोली चढेको कार दुर्घटनाग्रस्त


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुनावी प्रचार अभियानमा रहेका अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनको सुरक्षा टोली कार दुर्घटनामा परेको छ । अष्ट्रेलियाको तास्मानिया टापुमा चुनावी अभियानका क्रममा प्रधानमन्त्रीको सुरक्षा टोलीको कार दुर्घटनामा परेको हो ।

पछाडिबाट आइरहेको अर्को गाडीले कारलाई ठक्कर दिएको जनाइएको छ । दुर्घटनाका क्रममा चार प्रहरी घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घाइते हुनेमा तास्मानिया राज्यका प्रहरी बलका दुई र अष्ट्रेलियाको संघीय प्रहरीका दुई जना छन् । दुर्घटनाका बेला प्रधानमन्त्री भने उक्त कारमा नरहेको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै घाइतेका परिवारलाई दुर्घटनाबारे जानकारी गराइएको जनाएको छ । आफ्नो सुरक्षा टोलीको कार दुर्घटनामा परेपछि प्रधानमन्त्री मोरिसनले उक्त चुनावी प्रचार कार्यक्रम स्थगित गरेका थिए ।

अष्ट्रेलियामा आगामी २१ मे मा संघीय निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ३० बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा