समुद्री गस्तीका लागि चीनद्वारा अत्याधुनिक जे २० लडाकु विमान तैनाथ « Khabarhub

समुद्री गस्तीका लागि चीनद्वारा अत्याधुनिक जे २० लडाकु विमान तैनाथ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले समुद्रमा गस्तीका लागि भन्दै अत्याधुनिक जे २० लडाकु विमान परिचालन गरेको । चीनको सरकार नियन्त्रित अखबार ग्लोबल टाइम्सले ‘चीनको हवाई सुरक्षा तथा सामुद्रिक हितको रक्षा गर्न’ जे २० लडाकु विमान परिचालन गरिएको जनाएको हो ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार जे २० लडाकु विमानलाई पूर्वी तथा दक्षिण चीन सागरमा तैनाथ गरिएको छ । दुबै समुद्री क्षेत्रमा विभिन्न मुलुकहरूसँग सार्वभौमिकताको विवाद छ ।

यता जे २० निर्माता कम्पनीका प्रवक्ता रेन युकुनले भने ‘नियमित तालिम’ का क्रममा लडाकु विमान परिचालन गरिएको बताएका छन् ।

यसअघि रुसी इन्जिन जडान गरिएको जे २० लडाकु विमानमा पछिल्लो समय भने चीनमै निर्मित इन्जिन प्रयोग हुने गरेको सीएनएनले जनाएको छ ।

केही साताअघि अमेरिकी सेनाको प्रशान्त क्षेत्र वायुसेना बलका कमाण्डर जनरल केनेथ विल्सबाकले चीनको जे २० विमान पूर्वी चीन सागरमा अत्याधुनिक अमेरिकी लडाकु विमान एफ ३५ को सामुन्ने आएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ४ : ४० बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा