पोखरा मेयरमा एकीकृत समाजवादीको अग्रता कायमै, उपमेयरमा कांग्रेस « Khabarhub

पोखरा मेयरमा एकीकृत समाजवादीको अग्रता कायमै, उपमेयरमा कांग्रेस


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको मत ५८३ छ । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ ने २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्य कांग्रेस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् । माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गर्नुभएको छ भने एमालेका सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गरे । अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल विजयी भएको छ ।

मादी गाउँपालिकाको वडा नं १ र २ मा कांग्रेसको प्यानल विजय भएको छ । रुपा गाउँपालिकामा वडा नं १ मा कांग्रेसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल विजय भएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : ४७ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ