पोखरा मेयरमा एकीकृत समाजवादीको अग्रता कायमै, उपमेयरमा कांग्रेस « Khabarhub

पोखरा मेयरमा एकीकृत समाजवादीको अग्रता कायमै, उपमेयरमा कांग्रेस


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको मत ५८३ छ । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ ने २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्य कांग्रेस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् । माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गर्नुभएको छ भने एमालेका सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गरे । अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल विजयी भएको छ ।

मादी गाउँपालिकाको वडा नं १ र २ मा कांग्रेसको प्यानल विजय भएको छ । रुपा गाउँपालिकामा वडा नं १ मा कांग्रेसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल विजय भएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : ४७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका