एमाले गढमा बालेनको ‘बहुमत’: काठमाडौंका चार वडामा चम्कियो लौरो « Khabarhub

एमाले गढमा बालेनको ‘बहुमत’: काठमाडौंका चार वडामा चम्कियो लौरो


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को लोकप्रिय मतले यतिबेला सबैको ध्यान काठमाडौं केन्द्रित भएको छ। देशको राजधानीसमेत रहेको महानगरपालिकाका चार वडाको मतगणना हुँदा बालेनको बहुबली रुप देखिएको छ।

यसले आम नागरिकमा चासो मात्र बढेको छैन स्वतन्त्र उम्मेदवारसँग प्रमुख दलका भोट तान्न चतुर मानिएका नेताहरु तर्सिएका छन्। सत्ता गठबन्धनका ६ दल र विपक्षी दलका शीर्ष नेतासमेत बालेनको मत देखेर ‘गम’ खाएका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १, ३, ४ र ३२ का मतदाताको रोजाइमा बालेन पर्दा सबैभन्दा बढी धक्का एमालेलाई परेको छ। एमालेको गढ मानिएका वडामा केशव स्थापित भन्दा दोब्बर बढी मत बालेनले पाएका छन्। यसले काठमाडौंमा एमालेको रणनीति फेल नै भएको देखिन्छ। बालेनले लोकप्रिय मत पाउँदै गर्दा एमालेका स्थापित र कांग्रेसकी सिर्जना सिंह समस्यामा पर्दै गएका छन्।

३२ वडामध्ये चार वटा वडाको माब मतगणना हुँदा प्राप्त मतको आधारमा बालेनलाई बहुबली बने भनेर चर्चा गर्नु ठिक भइनहाल्न सक्छ। तर, एमालेको गण मानिएका वडामा बालेनले पाएको मतलाई मात्र विश्लेषण गर्ने हो भने यो स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाले नयाँ अनुहारलाई स्वीकार गर्ने प्रष्ट संकेत देखिन्छ। बिहानीले दिनको संकेत गर्छ भनेझै बालेनको सुरुवातलाई सकारात्मक रुपमा हेर्दा उनी उपत्यकामा उताउने प्रष्ट देखिन्छ।

बालेनको धक्का एमालेलाई
सुस्त ढंगले गणना भइरहेका काठमाडौंका चार वडामा यसअघि २०७४ सालको चुनावमा एमालेले जितेको थियो। एमालेका तत्कालीन मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले अधिकांश भोट यिनै वडाबाट पाएका थिए। तर, परिस्थिति फेरिएको छ। विद्यासुन्दरले काठमाडौं नगरपालिकामा गुमाएको साखको परिणाम भोग्न केशव स्थापित आइपुगेका छन्। ठिक विपरित त्यसको फाइदा बालेनले उठाएका छन्।

कांग्रेसलाई फराकिलो मत अन्तरले एमालेले पराजित गरेका वडामा बालेनको उपस्थिति आकर्षक देखिन्छ। अघिल्लो स्थानीय चुनावमा काठमाडौं १ मा एमालेका भरतलाल श्रेष्ठ बहुमतसहित विजयी भएका थिए। कांग्रेसले उनको भन्दा आधा कम मत पाएको थियो। अहिले भने बालेनले एमालेलाई चित खुवाएका छन्। त्यसैगरी वडा नम्बर ३ मा एमालेका दीपक केसी तीन हजार बढी मत ल्याएर विजय हुँदा कांग्रेसले चनचुन १५ सय मत ल्याएर लज्जास्पद हार खाएको थियो। सोही वडामा अहिले स्थापितले मत पाएनन्। अघिल्लो चुनावमा एमालेले बहुमत पाएको ठाउँबाट स्थापित विस्थापित हुँदा बालेन बबाल भइराखेका छन्।

काठमाडौं महानगर ४ मा अघिल्लो चुनावमा एमालेका मोहनबहादुर विष्ट करिब चार हजार मत ल्याएर विजयी हुँदा कांग्रेसले तीन हजार मत पाएको थियो। अन्य दलको मत नगन्य थियो। अहिले सोही वडामा बालेनको लौरोमा आकर्षण बढ्दा एमालेको सूर्य अस्ताएको छ।

अघिल्लो पटक बिना बादल सूर्यको उदय भएको काठमाडौं महानगर ३४ मा अहिले बालेन हाइाहाइ भएका छन्। ०७४ मा एमालेका नवराज पराजुलीले करिब ६ हजार मतसहित वडाअध्यक्ष जितेको ३२ नम्बरमा बालेनको अग्रता देखिनु एमालेका लागि ठूलो धक्का हो। अघिल्लो चुनावमासमेत भारी मत अन्तरले यी चारवटै वडामा कांग्रेस पराजित भएकाले उसले पछुताउनुपर्ने देखिँदैन। पछिल्लो समय मतगणना भइरहेको वडा नम्बर २ मासमेत बालेनले नै बढी मत ल्याइराखेका छन्।

‘बबाल’ बन्दै बालेन
कांग्रेसले वंशवादलाई प्राथमिकता दिएर टिकट दिएको भन्दै सिर्जना सिंहप्रति मतदातामा आकर्षण देखिँदैन। कांग्रेसदेखि माओवादीसम्म पाँच दल मिलेर बनेको गठबन्धनप्रति मतदाता सन्तुष्ट पनि छैनन्।

उता एमालेका स्थापितमाथि लागेको ‘मी टु’ आरोपले समग्र पार्टीलाई नै ‘ब्याक फायर’ गरेको छ। गठबन्धनको असन्तुष्टि र स्थापितको नैतिकतामाथि लागेको दागको फाइदा र्यापर बालेनले उठाएका छन्। गठबन्धनप्रतिको असन्तुष्टि र स्थापितप्रतिको आक्रोशले काठमााडौंमा ‘बबाल’ गर्दैछन् बालेन ।

यो सामग्री तयार पार्दासम्म बालेनले २२३८ मत पाएका छन्। यो केशव स्थापितको भन्दा झण्डै हजार बढी मत हो। स्थापितले १२१९ मत पाउँदा गठबन्धनकी सिर्जनाले १०८१ मत पाएकी छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ५७ बजे

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

काठमाडौं– नेकपा एमालेमा ‘ग्याङ अफ फोर’ भनेर परिचित भएको टिमबाट

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी