जुम्लाको तिला गाउँपालिकामा माओवादीको अग्रता  « Khabarhub

जुम्लाको तिला गाउँपालिकामा माओवादीको अग्रता 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा– जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाएका छन्। नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले २८४ मत प्राप्त गरेका छन् । 

त्यस्तै एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रेशमबहादुर शाहीले २५६ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका धनबहादुर रावतले दुई मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढाले ५५२ मत पाउँदा कांग्रेसकी सुष्मा श्रेष्ठ रोकायाले २८१ र एमालेकी जुनमाया बोहोराले २३९ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी यस गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका जंगबहादुर बस्नेत विजयी भए । उनी ३४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मिन बहादुर रावलले  जानकारी दिए । 

त्यस्तै २ नं वडामा नेपाली कांग्रेसका चन्द्रबहादुर बोहोरा वडा अध्यक्षमा विजयी भएका छन् । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : २९ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार