बालेन भक्तपुरमा « Khabarhub

बालेन भक्तपुरमा


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका-२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् ।

उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ । आफू काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् । बालेन भक्तपुर पुगेपछि उनीसँग सेल्फी खिच्नेहरूको भिड लागेको थियो । 

यस क्रममा शाहले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका कान्छो भाइ एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका-५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्रमा बिजुक्छेका साथै भक्तपुर नगरपालिका-५ मा नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष प्रेम गोपाल कर्माचायसँंग भेटघाट पनि गरेका थिए । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : ११ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार