भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध « Khabarhub

भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले तत्काल लागू हुनेगरि गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले आधिकारिक सूचना प्रकाशित गर्दै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय समाचार च्यानल आजतकले जनाएको छ ।

यद्यपि १३ मे भन्दा अघि ‘लेटर अफ क्रेडिट’ जारी भइसकेका निर्यात अर्डरलाई भने पछिल्लो प्रतिबन्धले असर नपार्ने जनाइएको छ ।

युक्रेनमाथि रुसले आक्रमण शुरु गरेयता विश्वभर खाद्य संकटको जोखिम बढिरहेका बेला भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्वभर खाद्यान्नको मूल्य बढ्ने अपेक्षा गरिएको छ । यता विकसित ७ मुलुकको समूह जी ७ का गृहमन्त्रीहरूले भारतीय कदमको निन्दा गरेका छन् ।

‘यदि सबैले निर्यातमा प्रतिबन्ध लगाउने वा बजार बन्द गर्दै जान थाले भने यसले संकटलाई अझ खराब बनाउँछ’ जर्मन कृषिमन्त्री जेम ओज्देमिरलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : ०१ बजे

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा

मध्यपूर्वको बाछिटाबाट जोगिन नेपालले के गर्नुपर्छ ?

फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई)