भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध « Khabarhub

भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले तत्काल लागू हुनेगरि गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले आधिकारिक सूचना प्रकाशित गर्दै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय समाचार च्यानल आजतकले जनाएको छ ।

यद्यपि १३ मे भन्दा अघि ‘लेटर अफ क्रेडिट’ जारी भइसकेका निर्यात अर्डरलाई भने पछिल्लो प्रतिबन्धले असर नपार्ने जनाइएको छ ।

युक्रेनमाथि रुसले आक्रमण शुरु गरेयता विश्वभर खाद्य संकटको जोखिम बढिरहेका बेला भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्वभर खाद्यान्नको मूल्य बढ्ने अपेक्षा गरिएको छ । यता विकसित ७ मुलुकको समूह जी ७ का गृहमन्त्रीहरूले भारतीय कदमको निन्दा गरेका छन् ।

‘यदि सबैले निर्यातमा प्रतिबन्ध लगाउने वा बजार बन्द गर्दै जान थाले भने यसले संकटलाई अझ खराब बनाउँछ’ जर्मन कृषिमन्त्री जेम ओज्देमिरलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ०१ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको