लालबन्दीमा कांग्रेसको अग्रता कायमै | Khabarhub Khabarhub

लालबन्दीमा कांग्रेसको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको लालबन्दीमा गठबन्धन नै नभएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई सघाउनु भनेपछि आक्रोशित बनेका स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन् दिएनन् ।

केन्द्रबाट ढिला पत्राचार भएपछि लालबन्दी स्थित निर्वाचन कार्यालयले नेपाली कांग्रेसका तर्फबाट बासुदेव अधिकारीको उम्मेदवारी कायम नै राख्यो । मतगणनाको क्रममा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

लालबन्दीमा ३ हजार ८ सय ९ मत गन्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बासुदेव अधिकारी १ हजार १ सय ९० मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीले १ हजार १ सय १९ मतसहित पछ्याइरहेका छन् ।लालबन्दीमा अहिले एमाले तेस्रो स्थानमा छ । एमालेको मेयर पदका उम्मेदवार गोविन्द महत ७ सय ८५ मत ल्याएका छन् ।

यस्तै, लालबन्दीमा उपमेयर तर्फ काङ्ग्रेसकी कल्पना पाख्रिनले अग्रता निकै बढाएकी छिन् । पाख्रिनले १ सय २ सय ५३ मत ल्याउँदा एमालेकी सनसरीमाया थिङले ७ सय ८५ मत ल्याएर दोस्रो स्थानमा छिन् । लालबन्दीमा माओवादी–समाजवादीको गठबन्धनका उपमेयर पदका उम्मेदवार गोविन्द अधिकारी भने निकै नै पछि छन् । अधिकारीले अहिलेसम्म १ सय ३० मत मात्रै प्राप्त गरेका छन् ।

लालबन्दीमा अहिले वडा नं. १, २ र ४ को मतगणना चलिरहेको छ । आइतबार मध्यान्हसम्म ३ हजार ८ सय ९ मत गनेर सकिएको छ । वडा नंं.३ जब्दीमा भने कांग्रेसका बुद्धदेव चौधरी वडाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

मतगणना जारी रहेको वडा नं. १ मा स्वतन्त्रबाट पुतली छापका पूरै प्यानल, वडा नं. २ मा माओवादीका अधिकांश उम्मेदवार र वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर