लालबन्दीमा कांग्रेसको अग्रता कायमै « Khabarhub

लालबन्दीमा कांग्रेसको अग्रता कायमै


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको लालबन्दीमा गठबन्धन नै नभएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई सघाउनु भनेपछि आक्रोशित बनेका स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन् दिएनन् ।

केन्द्रबाट ढिला पत्राचार भएपछि लालबन्दी स्थित निर्वाचन कार्यालयले नेपाली कांग्रेसका तर्फबाट बासुदेव अधिकारीको उम्मेदवारी कायम नै राख्यो । मतगणनाको क्रममा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

लालबन्दीमा ३ हजार ८ सय ९ मत गन्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बासुदेव अधिकारी १ हजार १ सय ९० मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीले १ हजार १ सय १९ मतसहित पछ्याइरहेका छन् ।लालबन्दीमा अहिले एमाले तेस्रो स्थानमा छ । एमालेको मेयर पदका उम्मेदवार गोविन्द महत ७ सय ८५ मत ल्याएका छन् ।

यस्तै, लालबन्दीमा उपमेयर तर्फ काङ्ग्रेसकी कल्पना पाख्रिनले अग्रता निकै बढाएकी छिन् । पाख्रिनले १ सय २ सय ५३ मत ल्याउँदा एमालेकी सनसरीमाया थिङले ७ सय ८५ मत ल्याएर दोस्रो स्थानमा छिन् । लालबन्दीमा माओवादी–समाजवादीको गठबन्धनका उपमेयर पदका उम्मेदवार गोविन्द अधिकारी भने निकै नै पछि छन् । अधिकारीले अहिलेसम्म १ सय ३० मत मात्रै प्राप्त गरेका छन् ।

लालबन्दीमा अहिले वडा नं. १, २ र ४ को मतगणना चलिरहेको छ । आइतबार मध्यान्हसम्म ३ हजार ८ सय ९ मत गनेर सकिएको छ । वडा नंं.३ जब्दीमा भने कांग्रेसका बुद्धदेव चौधरी वडाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

मतगणना जारी रहेको वडा नं. १ मा स्वतन्त्रबाट पुतली छापका पूरै प्यानल, वडा नं. २ मा माओवादीका अधिकांश उम्मेदवार र वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ०१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,