युक्रेनमा रुसले एक तिहाइ सैनिक गुमाएको बेलायतको निष्कर्ष « Khabarhub

युक्रेनमा रुसले एक तिहाइ सैनिक गुमाएको बेलायतको निष्कर्ष


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतले युक्रेनमा रुसले झण्डै एक तिहाइ सैनिक गुमाएको जनाएको छ ।

बेलायती सैनिक जासुसी निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी आक्रमणको गति सुस्ताएको छ भने रुसी फौज निर्धारित कार्यतालिकाभन्दा धेरै पछाडि छन् ।

‘प्रारम्भिक रुपमा ससाना प्रगति गरेपनि पछिल्लो महिनामा रुसले ठूलो भूभागमा जित हासिल गर्न सकेको छैन भने निरन्तर रुपमा भारी हताहति व्यहोरिरहेको छ ।’, बेलायती रक्षा मन्त्रालयको ट्विटमा जनाइएको छ, ‘रुसले फेब्रुअरीमा तैनाथ गरेकोमध्ये एक तिहाइ सैनिक अहिले गुमाएकोजस्तो देखिन्छ ।’

रुसले अझै २० दिनसम्म नाटकीय रुपमा विजयको स्तरलाई बढाउन नसक्ने देखिएको ट्विटमा उल्लेख छ ।

रुसले आक्रमण गरेयता युक्रेनी फौजले राजधानी किभ आसपास रुसी सेना विफल पार्न सफल भएका थिए भने हाल मुलुकको पूर्वी भागमा रुसी फौजलाई पनि विभिन्न मोर्चामा पराजित गर्दै गएका छन् ।

पछिल्लो समय युक्रेनी सेनाले मुलुकको पूर्वी भागमा रहेकाे इजियम शहरमा प्रत्याक्रमण जारी राखेको रोयटर्सले जनाएको छ ।

केही दिनअघिमात्र युद्धको अध्ययन गर्ने एक संस्थाले युक्रेनी फौजले खार्किभको युद्धमा रुसलाई पराजित गरेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो ।

युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ द्वारा जारी प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको थियो ।

‘त्यसैले युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ ।’ प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ५५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,