आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरु  | Khabarhub Khabarhub

आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरु 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको मतगणनास्थलमा रहेका एमाले प्रतिनिधि आश्विन घिमिरेले जानकारी दिए ।

मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरु भएको घिमिरेले बताए ।

भरतपुर–२ को आठ स्थानमा मत गणना भइरहेको बेला विवाद भएपछि मतगणनास्थलमै सर्वदलीय बैठक बसेको हो ।  मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।

मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मत गणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८ सय ६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै, विजय सुवेदीले १८ सय १४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय १९ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : १५ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा