‘केजीएफ : च्याप्टर ३’ बारे के भन्छन् निर्माता ?  « Khabarhub

‘केजीएफ : च्याप्टर ३’ बारे के भन्छन् निर्माता ? 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसवर्षको प्रतीक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ प्रदर्शनरत छ । 

प्रदर्शन पश्चात यसले बक्स अफिसमा रेकर्ड बनाइरहेको छ । फिल्मले आक्रामक व्यापारका साथ ओपनिङ समेत गरेको थियो । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ ।

पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । फिल्मले विश्वभरको बक्स अफिसमा एक हजार करोड भन्दा बढी कलेक्सन गरिसकेको छ । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई विश्वभर चिनायो । केही समय यता प्रशान्त नीलको निर्देशनमा बनेको फिल्मको च्याप्टर ३ बन्ने चर्चा  छ । आउँदो अक्टोबरमा छायांकन हुने र सन् २०२४ सम्ममा फिल्म प्रदर्शन हुने चर्चाकै बीच एक निर्माताले यस विषयमा बोलेका छन् । फिल्मका कार्यकारी निर्माता कार्तिक गोवडाले अहिले तेस्रो च्याप्टरको सुरुवात नभएको जनाएका छन् । 

सामाजिक सञ्जाल मार्फत उनले आफूहरूसँग अन्य प्रोजेक्ट पनि रहेकाले केजीएफको तेस्रो च्याप्टर यति छिटै सुरु गर्न नसकिने बताएका हुन् । ‘हल्ला छ कि केजीएफ : च्याप्टर ३ छिटै सुरु हुँदैछ । यद्यपि हामीसँग अन्य प्रोजेक्ट पनि भएकाले हाललाई च्याप्टर ३ सुरु गर्न सक्दैनौ । जब हामी सुरुवात गर्छौ त्यो धमाकेदार सुरुवात हुनेछ र सबैलाई जानकारी पनि दिनेछौँ’ कार्तिकले लेखेका छन् । उनको यो जानकारीले यशका फ्यान भने केही निराश भएका छन् । 

यसैबीच केजीएफ: च्याप्टर २ छिटै ओटीटीमा आउने भएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले डिजिटल राइट्स वापत ३ सय २० करोड रुपैयाँमा निर्माण पक्षसँग डिल गरेको बताइएको छ । फिल्मले हलमा नै राम्रो कलेक्सन गरिरहेकाले ओटीटी डिल बारे आधिकारिक रुपमा खुलाइएको छैन ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ४५ बजे

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक