जीतपुरसिमरामा गठबन्धनकै अग्रता « Khabarhub

जीतपुरसिमरामा गठबन्धनकै अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जीतपुरसिमरा उपमहानगरपालिको मेयर र उपमेयरमा गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । 

गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका माओवादीका केन्द्रका राजन पौडेलले ४ हजार ४ सय ८२ मत र गठबन्धनमा नेपाली कांग्रेसबाट उपप्रमुखको उम्मेदवार बनेकी मेघा शाहीले ४ हजार ८८ मत ल्याएकी छिन् । त्यसैगरी, एमालेकी मेयरको उम्मेदवार बनेकी सरस्वती देवी चौधरी ३ हजार ४ सय ९९ मत ल्याएकी छिन् । भने एमालेका उपप्रमुख पदका उम्मेदवार भोला प्रसाद अधिकारीले ३ हजार ७ सय ९४ मत ल्याएका छन् । लोसपाबाट मेयरका उम्मेदवार सञ्जय कुमार साहले १ हजार २ सय ७१ मत ल्याएका छन् । लोसपाका उपप्रमुख बिपि मोक्तानले १ हजार २ सय ५३ मत ल्याएका छन् ।

राप्रपा माधव त्रिपाठीले मेयर पदमा ६ सय ६ र राप्रपाकै सुष्मा मिश्रले उपमेयर पदमा ७ सय ५४ ल्याएकी छन् । उपमहानगरपालिका अन्तर्गतको वडा नम्बर १ , २२ , २३ र २४ मा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् । वडा नम्बर १ मा ३ हजार ७ सय २० मत खसेको थियो । नेपाली कांग्रेसका उम्मेदवार हिरा बहादुर गुरुङले १ हजार ५ सय ४५ मत ल्याउँदै विजयी भएका हुन् । वडा नम्बर १ मा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार हिरा बस्नेतले १ हजार २ सय ४१ मत , एकीकृत समाजवादी वडा अध्यक्ष उम्मेदवार रामदास धौजुले १ सय ३२ मत , राप्रपा वडा अध्यक्ष उम्मेदवार धिरज पुडासैनीले १ सय ३१ मत प्राप्त गरेका छन् । 

यस्तै , वडा नम्बर २३ मा नेकपा एमाले बिजयी वडा अध्यक्ष उम्मेदवार मुस्तकिम अन्सारीले ७ सय ८२ मत ल्याउँदै विजय हासिल गरेका छन् । उनका निकटम् प्रतिद्वन्द्वी लोसपा वडा अध्यक्ष उम्मेदवार अस्लम देवानले ४ सय ८९ मत ल्याएका छन् । यस्तै , नेपाली काङ्ग्रेसका वडा अध्यक्ष उम्मेदवार ताहिर मियाँ हुसेनले १ सय ३ मत ल्याएका छन् । वडा नं.२३ मा जम्मा १ हजार ३ सय ९० मत खसेको थियो ।

यस्तै , वडा नम्बर २२ मा १ हजार २ सय ३१ मत खसेको थियो । वडा नम्बर २२ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर काजी रुम्बा सहित प्यानल नै विजयी भएका छन् । शेखरले ३ सय ३५ मत ल्याउँदा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार दिपेन्द्र लामाले ३ सय ५ मत , जसपा वडा अध्यक्ष उम्मेदवार सूर्य बहादुर थिङ्गले २ सय ७६ मत , माओवादी केन्द्र वडा अध्यक्ष उम्मेदवार बीर बहादुर तामाङले २ सय १९ मत , एकीकृत समाजवादी वडा अध्यक्ष उमेदवारले १०० र राप्रपा वडा अध्यक्ष उम्मेदवार प्रलाद ठकुरीले ५६ मत ल्याएका छन् । 

वडा नं २४ मा पनि नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सुल्तान अन्सारीको प्यानलनै विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कलामुदिन मिया अन्सारीलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार सुल्तान अन्सारी वडा अध्यक्षमा निर्वाचित भएका छन्  ।

वडा अध्यक्षसँगै नेपाली कांग्रेसको तर्फबाट ३ जना वडा सदस्यहरू पनि निर्वाचित भएका छन् । वडा नम्बर २४ मा यसअघि नै नेकपा एमालेको तर्फबाट एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : १८ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका