बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक « Khabarhub

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक

कांग्रेस १६, एमाले १५ मा विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भकाएछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल र वडा नम्बर १० मा हिम्मत विष्ट विजयी भएका छन्।

यसैगरी सिगास गाउँपालिका १मा रामचन्द्र ऐरी, ४ मा हरिसिंह बोहरा तथा ७ मा कर्णबहादुर साउद विजयी भकाएछन् । यस्तै पञ्चेश्वर गाउँपालिका ५ नरेश चन्द, शिवनाथ १ मा बल्देव चाड, ३ मा केशव कलौनी र ५ मा केशव चन्द विजयी भएका छन्।

सुर्नया गाउँपालिका वडा नम्बर ३ शम्भु भट्ट, वडा नम्बर ७ मा भक्तबहादुर कुवर, वडा नम्बर ८ भानबहादुर बोहरा विजयी भकाएछन् । डिलाशैनी गाउँपालिका १ कृष्णकुमार धामी र मेलौली नगरपालिका २ कृष्णदत्त भट्ट विजय भएका छन्।

यसैगरी नेकपा एमाले १४ वडामा विजयी भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर १ विष्णुदत्त भट्ट, वडा नम्बर २ मा सूर्यबहादुर बोहरा, वडा नम्बर ९ मा मोहनदेव जोशी, वडा नम्बर ११ जयदत्त पन्त, सुर्नया गाउँपालिका वडा नम्बर १ धनबहादुर चन्द, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रामसिंह पुजारा, दोगडाकेदार गाउँपालिका वडा नम्बर १ नवराज जोशी, मेलौली नगरपालिका वडा नम्बर १ सरदसिंह नेगी शिवनाथ गाउँपालिका वडा नम्बर २ सुरेन्द्र साउद, वडा नम्बर ४ धन बहादुर महता, डिलाशैनी गाउँपालिका वडा नम्बर २ नवराज घरडी, पाटन नगरपालिका वडा नम्बर ४ दीपक विष्ट, पुर्चौडी नगरपालिका वडा नम्बर ९ रम्भा बोहरा, सिगास गाउँपालिका वडा नम्बर २मा ठकेन्द्र ऐरी र ५ मा राजेन्द्र चन्द विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रले बैतडीका ५ वडामा विजयी भएका छन् । पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ मा दिवानी राम सार्की, वडा नम्बर २ मा वीरबहादुर चन्द, पाटन नगरपालिका वडा नम्बर १ तर्कसिंह ठगुन्ना र वडा नम्बर ९ कालुसिंह भाट विजयी भएका छन्।

जिल्लाको १ वडामा राप्रपाले जित निकालेको छ । सुर्नया गाउँपालिका वडा नम्बर २ मा राप्रपाका गणेश विष्ट विजयी भएका छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : २८ बजे

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु