बालेनको अग्रता कायमै  « Khabarhub

बालेनको अग्रता कायमै 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्।

पछिल्लो मतगणना अनुसार शाहले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले १ हजार ८ सय ५६ मत ल्याएर पछ्याइरहेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत पाएकी छन्। अहिले काठमाडौँको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ। मत गणना भइरहेको छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले शाहले अग्रता लिएका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्। वडा नम्बर १ मा बालेन ७ सय ७ मतसहित पहिलो स्थानमा छन्। यस्तै २ नम्बर वडामा पनि ७ सय १७ मतसहित बालेनले नै अग्रता लिएका छन्।

यसैगरी वडा नम्बर ३ मा पनि अग्रता लिएका बालेनले ४ सय ९१ मत ल्याएका छन्। वडा नम्बर ४ मा पनि ७ सय ३३ मतसहित बालेन नै पहिलो स्थानमा छन्। यस्तै ३२ नम्बर वडामा पनि अग्रता लिएका बालेनले ७ सय ७७ मत प्राप्त गरेका छन्।

वडा नम्बर ३१ को मतगणना केही समयअघि मात्र सुरु भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।उनले यो न्युज तयार पार्दासम्म १ सय ७ मत ल्याएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : १४ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा