बाजुराको स्वामीकार्तिकमा कांग्रेस विजयी « Khabarhub

बाजुराको स्वामीकार्तिकमा कांग्रेस विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी– बाजुराको पूर्वी उत्तरी भेगको स्वामिकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरतबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार मैना जोशी विजयी भएको स्वामिकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपा एमाले चतुर्भुज शाहीले एक हजार ७५७ मत प्राप्त गरेका थिए । वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चिरञ्जीवी शाहीले एक हजार २८२ र स्वतन्त्र उम्मेदवार विमलबहादुर शाहीले ३१ मत प्राप्त गरेका थिए । 

त्यस्तै निर्वाचित उपाध्यक्ष मैना जोशीले एक हजार ८१० ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् । त्यस्तै वाम गठबन्धनको माओवादी केन्द्रका सुरेशबहादुर रोकाया एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका छन् । कांग्रेसका दुवै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए । विसं २०७४ मा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरञ्जीवी शाहीसँग पराजय भए । 

स्वामिकार्तिकमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार थिए । वडा नं १ र २ माओवादी केन्द्र तथा ३, ४ र ५ एकीकृत समाजवादीले वडाध्यक्षमा  तालमेल गरेका थिए । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ४४ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ