मोदी भोलि लुम्बिनी आउँदै, देउवाले स्वागत गर्ने « Khabarhub

मोदी भोलि लुम्बिनी आउँदै, देउवाले स्वागत गर्ने


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि लुम्बिनी भ्रमणमा आउँदै छन् । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउन मोदी लुम्बिनी आउन लागेका हुन् । स्थानीय तहको चुनावलगत्तै लुम्बिनीमा हुन लागेको मोदीको भ्रमणलाई विशेष चाँसोका साथ हेरिएको छ ।

मेला र पर्वलाई विशेष कुटनीतिका रुपमा प्रयोग गर्न चाहने मोदीको स्वगतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगिसकेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै मोदीलाई आमन्त्रण गरेका हुन् ।

मोदीको सुरक्षाका लागि केही दिनअघि नै विशेष भारतीय वायु सेनाको टोली लुम्बिनी आइसकेको छ । मोदी भने सोमबार बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्नेछन् । मोदी लुम्बिनी आउने भएपछि बुटवल लगायत क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : २२ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित