मोदी भोलि लुम्बिनी आउँदै, देउवाले स्वागत गर्ने | Khabarhub Khabarhub

मोदी भोलि लुम्बिनी आउँदै, देउवाले स्वागत गर्ने


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि लुम्बिनी भ्रमणमा आउँदै छन् । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउन मोदी लुम्बिनी आउन लागेका हुन् । स्थानीय तहको चुनावलगत्तै लुम्बिनीमा हुन लागेको मोदीको भ्रमणलाई विशेष चाँसोका साथ हेरिएको छ ।

मेला र पर्वलाई विशेष कुटनीतिका रुपमा प्रयोग गर्न चाहने मोदीको स्वगतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगिसकेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै मोदीलाई आमन्त्रण गरेका हुन् ।

मोदीको सुरक्षाका लागि केही दिनअघि नै विशेष भारतीय वायु सेनाको टोली लुम्बिनी आइसकेको छ । मोदी भने सोमबार बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्नेछन् । मोदी लुम्बिनी आउने भएपछि बुटवल लगायत क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : २२ बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र